काठमाडौं नेपाल र ठाकुरले पार्टीको नयाँ नाम राख्ने
नेकपा- (एमाले समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र जसपा (लोकतान्त्रिक)का अध्यक्ष महन्थ ठाकुरले पार्टीको नयाँ नाम राख्कानुहने भएको छ ।सरकारले अध्यादेश ल्याएपछि नेकपा (एमाले) लाई विभाजन गरेर नेपालले एमाले समाजवादी र जसपालाई विभाजन गरेर ठाकुरले जसपा (लोकतान्त्रिक)पार्टी गठन गर्नु भएको थियो । उनीहरूले २ भदौमा पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिनुभउको थियो ।
दुवै पार्टीको नाम एमाले र जसपासँग मिल्दोजुल्दो भएकाले अर्को नाम दिन निर्वाचन आयोगले सूचना दिएको थियो। “हामीले दुवै पार्टीका नेताहरूलाई बोलाएर यो नाम मिल्दोजुल्दो भयो। नयाँ नाम दिनुस् भनेका छौं,” आयोगले भन्यो।
शुक्रबार निर्वाचन आयोग पुगेका दुवै पार्टीका नेता नयाँ नाम दिन सहमत भएका हुन्। अदालतमा मुद्दामामिला हुनुभन्दा अहिले नै नयाँ नाम दिन उहाँहरू तयार भएको आयोग स्रोतले बतायो।
जसपा (लोकतान्त्रिक)का नेता वृषेशचन्द्र लालले आयोगले नयाँ नाम दिन जानकारी दिएको बताउनुभयो । “निर्वाचन आयोगले नयाँ नाम दिनुस् भनेको छ। हामी नयाँ नाम दिने तयारीमा छौं,” लालले भन्नुभयो ।
नेपाल र ठाकुर पक्षले आजै वा आइतबारसम्म नयाँ नाम दिने निर्णय गनुभएको छ । त्यही अनुसार, आयोगले नयाँ दल दर्ता गर्ने भएको छ।अहिले आयोगले दुवै दल दर्ता प्रक्रिया भने अघि बढाइसकेको छ। एक(डेढ साताभित्रै दर्ता प्रक्रिया टुंग्याउने आयोगको तयारी छ।