Connect with us
Kapilvast Forest

सुत्केरीलाई प्रोत्साहन भत्ता एक वर्षपछि

२०७८, ६ भाद्र आईतवारमा प्रकाशित

हुम्ला- चंखेली गाउँपालिककाकी एक सुत्केरीले एक वर्षपछि सुत्केरी प्रोत्साहन भत्ता पाउनु भएको छ ।प्रदेश सरकारबाट आउनुपर्ने रकमको निकासा ढिलो गरी आएपछि गाउँपालिकाले एक वर्षपछि सुत्केरी प्रोत्साहन भत्ता दिएको हो।

गाउँपालिकाले स्वास्थ्यचौकीमा निकासा दिन ढिलो गरेपछि सरकारी स्वास्थ्य संस्थामा गत साउनमा सुत्केरीले समेत भत्ता पाउन एक वर्ष कुर्नुपरेको हो। सरकारले गर्भवती तथा सुत्केरीको पोषणमा सुधार ल्याउन ‘आमा सुरक्षा कार्यक्रम’ सुरु गरे पनि हुम्लाका महिलाले समयमा कहिल्यै सुत्केरी भत्ता पाउँदैनन्।

मेल्छाम स्वास्थ्यचौकीका स्वास्थ्यकर्मी हर्क बुढाले ढिलो गरी भत्ता आउँदा सुत्केरी निराश बनेको बताउनु भयो । उहाँका अनुसार समयमै भत्ता आएको भए विपन्न अवस्थाका सुत्केरीलाई पोषणयुक्त खानेकुरा खान सजिलो हुन्थ्यो।

गाउँपालिकाले गत आर्थिक वर्षमा १ सय ५० महिला सुत्केरी हुने अनुमानसहित यातायात खर्च माग गरेको थियो। तर पालिकाभरि १ सय ६५ सुत्केरी भएपछि भत्ता वितरण गर्न समस्या भएको गाउँपालिकाका स्वास्थ्य संयोजक कालीबहादुर बुढाले बताउनु भयो । उहाँका अनुसार अहिले पनि १ सय ५० सुत्केरीलाई मात्र भत्ता वितरण गरिएको छ। बाँकी १५ जनालाई चालु आर्थिक वर्षको बजेटबाट भत्ता उपलब्ध गराइने उहाँले जानकारी दिनु भयो ।

६ वडा रहेको चंखेली गाउँपालिकामा दार्मा, मिमी, श्रीमष्ठा र मेल्छाममा स्वास्थ्य चौकीमा प्रसूति केन्द्र स्थापना गरिएको छ। स्वास्थ्य संस्थामा सुत्केरी भएकालाई ३ हजार रुपैयाँ यातायात खर्च दिने गरिएको छ भने उनीहरूले चार पटक गर्भ जाँच गराएबापत थप ४ सय रुपैयाँ प्रोत्साहन भत्ता पाउँछन्।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu