Connect with us
Kapilvast Forest

जनैपूर्णिमाः जनै र क्वाटीको व्यापार ह्वात्तै घट्यो

२०७८, ५ भाद्र शनिबारमा प्रकाशित

 काठमाडाैं-जनै र जनै पूर्णिमाको रातमा खाईने क्वाटीको व्यापार ह्वात्तै घटेको व्यापारीहरुले बताएका छन । जनैपूर्णिमाको अघिल्लो दिन शनिबार बिहान काठमाडौंको असन बजारमा टोलाएर बसेका व्यापारीहरुले जनै र क्वाटी दुवैको व्यापार गत वर्षको भन्दा धेरै कम भएको बताएका हुन । न्यूज एजेन्सी नेपालले राखेको जिज्ञासाको जवाफ दिने क्रममा असनका स्थानीय व्यापारी साहित्यरत्न तुलाधरले गत वर्षको भन्दा यस वर्ष क्वाटीको व्यापार धेरै कम भएको बताए। क्वाटी तागत दिने खानेकुरा भएपनि यसको व्यापार यस वर्ष धेरै कम भएको उनको भनाई छ । तुलाधरले भने, ‘व्यापार यसपाली त्यति छैन । धेरै कम छ । क्वाटी वर्षमा एक पटक खानैपर्ने हो । तर यसको व्यापार कम छ ।’

यसैबीच असन चोकमै जनै व्यापार गरिरहेका दोलखाका दूर्गाप्रसाद उपाध्याय न्यौपानेले मानिसहरुले जनै खरिद गर्न नै छाडिसकेको प्रतिक्रिया दिनु भयो । उहाँले कोहीकोही बुढाबुढीले जनै लगेपनि युवाहरु धेरैले यसलाई लगाउननै छाडिसकेको अनुभव सुनाए। न्यौपानेले १५ र २५ रुपैयाँ दरका जनै व्यापार गर्ने गर्नु भएको छ । तर ग्राहक पाउनै समस्या भएको उनको गुनासो छ ।

जनै पूर्णिमालाई हिन्दुहरुको विशेष पर्व मानिन्छ । तर कोरोनालगायतका प्रभावका कारण जनै र क्वाटीको व्यापार भने कम हुँदै गएको व्यापारीहरुको बुझाई छ ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu