ओलीद्वारा १४ सांसदमाथि गरिएको कारबाही फिर्ता गर्न अस्वीकार
काठमाडौँ – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले नेकपा एकीकृत समाजवादी नामको नयाँ पार्टी गठन गरे तापनि उक्त पार्टीमा नगएका नेपाल समूहका नेताले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर पार्टी एकताका लागि तयार पारिएको १० बुँदे सहमति कार्यान्वयन गर्न र नेपालसहित १४ सांसदमाथि गरिएको कारबाही फिर्ता गर्न आग्रह गर्नु भएको छ ।
स्थायी कमिटीका सदस्यहरू भीम रावल, घनश्याम भुसाललगायतका नेताहरूले शनिबार बालकोटस्थित ओली निवासमै पुगेर अध्यक्ष ओलीसँग यस्तो आग्रह गर्नु भएको हो ।
तर, अध्यक्ष ओलीले १०बुँदे सहमति कार्यान्वयन गर्न सकिने भए पनि पार्टी हितविपरीत काम गर्ने सांसदमाथि गरिएको कारबाही फिर्ता नहुने जवाफ फर्काउनु भएको छ । यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा छ ।