Connect with us
Kapilvast Forest

मेस्सीविना घर बाहिर खेलेको पहिलो खेलमा बार्सिलोना बराबरीमा रोकियो

२०७८, ६ भाद्र आईतवारमा प्रकाशित

एजेन्सी – स्पेनिस ला लिगामा आज बिहान भएको खेलमा बार्सिलोना र एथ्लेटिको क्लबले बराबरी खेलेका छन् ।लियोनल मेस्सी विना घर बाहिर पहिलो खेल खेलेको बार्सिलोनाले एथ्लेटिकोसँग एक/एक गोलको बराबरी खेलेको हो । घरेलु टोली एथ्लेटिकोका इनिगो मार्टिनेजले खेलको ५० औं मिनेटमा गोल गरि अग्रता दिलाएका थिए । बार्सिलोनाका मेम्फिस डिपाएले ७५ औं मिनेटमा बराबरी गोल फर्काए ।

इञ्जुरी समयमा बार्सिलोनाका एरिक गार्सिया रातो कार्ड पाएर बाहिरिएपछि बार्सिलोना १० खेलाडीमा समेटिएको थियो । बराबरीपछि बार्सिलोना र एथ्लेटिकोले अङ्क बाँडेका छन् । बार्सिलोनाको २ खेलबाट ४ अङ्क भएको छ । एथ्लेटिकोले दुई खेलबाट दुई अङ्क जोडेको छ ।

बार्सिलोनाले पहिलो खेलमा रियल सोसिडाडलाई हराएको थियो । एथ्लेटिकोले इल्चेसँग गोलरहित बराबरी खेलेको थियो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu