काठमाडौं – पौडीबाज गौरिका सिंहलाई कोरोना संक्रमण भएको छ।सामाजिक सञ्जालबाट आफूलाई कोरोना संक्रमण भएको उनले जानकारी दिनु भएको छ ।कोरोना पोजेटिभ देखिएसँगै गौरिका अहिले १० दिनका लागि आइसोलेसन बसेको बताउनु भएको छ । उहाँले आफुले दुवै डोज खोप लगाए पनि संक्रमण भएको उल्लेख गर्नु भएको छ ।गौरिकाले सबैलाई सतर्क रहन पनि अपिल गर्नु भएको छ ।