Connect with us
Kapilvast Forest

सेयर बजारमा नेप्से परिसूचक ४८.४२ अंकले घट्यो

२०७८, ९ भाद्र बुधबारमा प्रकाशित

 

काठमाडौं – आज बुधबार नेप्से परिसूचक ४८.४२ अंकले ओरालो लागेको छ । हिजो मंगलबार नेप्से ५६.०३ अंकले घटेर नेप्से बन्द भएको थियो । आज नेप्से बिन्दु ३०४६.७४ भई पुरानै लयमा आएको छ । सेयर कारोबार रकम पनि घटेर १२ अर्ब सीमित भएको छ ।

यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक भने ९.६७ ले घटेर ५६७.०९ मा पुगेको छ ।आज कुल २२७ कम्पनीको १ करोड ९५ लाख ९९ हजार ०८९ कित्ता सेयर १२ अर्ब ९२ करोड १० लाख ३ हजार ५०४ मूल्यमा खरिदबिक्री भएका छन् ।

कारोबार भएका कुल १३ उपसमूहहरु सबैको सेयर आज ओरालो लागेका छन् । सबैभन्दा धेरै निर्जीवन बीमा समूहहरुको ४५३.२२ ले घटेको छ ।कारोबारका आधारमा आज अरुन काबेली पावर लिमिटेड रिडी हाइड्रोपावर विकास शीर्ष स्थानमा रहेका छन् । सो कम्पनीको ४८/४८ करोडबराबरको कारोबार भएका छन् ।

आज बजार दोहोरो अंकले गिरावट हुँदा पनि यी जीवन विकास लद्युवित्तको सेयरमा १० प्रतिशतको वृद्धि भई सकारात्मक सर्किट लाग्यो । खानिखोला हाइड्रोपावर कम्पनी लिमिटेडको ९.९८ प्रतिशतले गुमाएको छ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu