चन्द्र ढकालद्वारा धितोपत्र बोर्डको संचालक समितिबाट राजीनामा
काठमाडौं-नेपाल धितोपत्र बोर्डको संचालक समिति सदस्यबाट व्यवसायी चन्द्र ढकालले राजीनामा दिनुभएको छ ।उद्योग वाणिज्य महासंघका तर्फबाट ढकालको सट्टा अरुलाई नै धितोपत्र बोर्ड संचालक समितिमा पठाउने तयारी भएको छ। ढकालले महासंघमा आफू धितोपत्र बोर्डको संचालक समिति सदस्य नरहने जानकारी गराउनुभएको छ , ।
ग्लोबल आइएमई बैंकका अध्यक्ष समेत रहेका ढकाल पनि पछिल्लो समय सर्वोत्तम सिमेन्टको संस्थापक सेयर खरिदको विवादमा मुछिँदै आउनुभएको छ ।बैंकको अध्यक्ष नै नियामक निकाय धितोपत्र बोर्डमा संचालक रहँदा स्वार्थ बाझिने भएकाले ढकालको ठाउँमा अरु नै प्रतिनिधी पठाउने तयारी रहेको महासंघका एक सदस्यले बताउनुभयो ।
महासंघका तर्फबाट धितोपत्र बोर्डको संचालक समितिमा एक जना प्रतिनिधि रहने व्यवस्था छ। सामान्यतः महासंघको उपाध्यक्ष नै संचालक समितिमा रहने भएकाले ढकाल बोर्डको संचालक समितिमा रहँदै आउनुभएको छ।