Connect with us
Kapilvast Forest

युरोप पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ

२०७८, ११ भाद्र शुक्रबारमा प्रकाशित

pakrau-

काठमाडौँ – युरोप पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ । युरोप पठाइदिन्छु भन्दै ६ जना व्यक्तिहरुसँग नगद ६ लाख रुपैयाँ ठगी गरेको अभियोगमा काठमाडौँ महानगरपालिका– ३२ कोटेश्वर बस्ने रामेछाप गोकुलगंगा गाउँपालिका– ३ घर भएका ३३ वर्षीय पोश बहादुर सुनुवारलाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।

काभ्रेपलाञ्चोक भुम्लु गाउँपालिका– ९ ज्याम्दी बस्ने ३० वर्षीय पुरुष समेत ६ जनालाई वर्किङ भिषामा युरोपियन देश लिथुनिया जान प्रतिव्यक्ति ७ लाख रुपैयाँ लाग्ने र लिथुनिया पुगेपछि होटलमा काम लगाइदिन्छु भनी विश्वासमा पारी ६ जनाबाट प्रति व्यक्ति १ लाखको दरले ६ लाख रुपैयाँ रकम लिई सम्पर्क विहीन भई ठगी गरेको घटनामा संलग्न उनलाई महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले काठमाडौँ कोटेश्वरबाट पक्राउ गरेको हो ।उनलाई आवश्यक अनुसन्धानका लागि लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौँ पठाइएको उक्त महाशाखाले जनाएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu