Connect with us
Kapilvast Forest

खोलाले बगाउँदा रुपन्देहीमा २ जना बेपत्ता

२०७८, ११ भाद्र शुक्रबारमा प्रकाशित

रुपन्देही-रुपन्देहीमा खोलामा आएको बाढीले बगाउँदा २ जना बेपत्ता भएको प्रहरीले जानकारी दिएको छ । रुपन्देहीको ओमसतियमा गाउँपालिका लगायतका स्थानमा आएको बाढीले बगाउँदा २ जना बेपत्ता भएको प्रहरीले जानकारी दिएको छ । वेतलियाको रोहणी खोलाले बगाउँदा स्थानीय ५० वर्षीय रामेश्वर लोभ र दानव खोलामै अर्का एक युवक पनि वेपत्ता हुनुभएको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता सत्यनारायण थापाका अनुसार दानव खोलामा दाउरा टिप्न गएका सम्मरीमाई ३ पिपरहवाका २३ वर्षीय बब्लु लोधलाई बाढीले बगाएको प्रहरीले जानकारी दिएको छ । वेपत्ता दुवै जनाको खोजी कार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ । प्रहरीकाअनुसार रुपन्देहीको कन्चन गाउँपालिका ३ को बस्तीमा बाढी पस्दा ८ वटा घरमा क्षति भएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu