Connect with us
Kapilvast Forest

श्रीमतीको हत्यापछि श्रीमानले गरे आत्महत्या

२०७८, १२ भाद्र शनिबारमा प्रकाशित

death

भोजपुर-भोजपुर षडानन्द नगरपालिका ९ तालखर्कका ४० वर्षीय बुद्दीमान राईले श्रीमतीको हत्या गरेर आफूले पनि आत्महत्या गर्नु भएको छ रेका छन्।शनिबार बिहान राती साढे १ बजे उनले आफ्नै श्रीमती २८ वर्षीया इन्द्रकला राईलाई धारिलो हतियार खुकुरी प्रहार गरी हत्या गरेका थिए।

प्रहरीका अनुसार श्रीमतीको हत्यापछि आफू घरबाट करिब ४० मिटर टाढा रहेको दुधिलोको रुखमा कपडाको पासो लगाएर झुण्डिएको अवस्थामा फेला परेका थिए।

आमालाई खुकुरी प्रहार गरेको देखेपछि ८ वर्षीय छोराले स्थानीयलाई खबर गर्न गएका थिए।स्थानीय पुग्दा इन्द्रकलाको मृत्यु भइसकेको थियो। श्रीमानलाई खोजी गर्दा झुन्डिएको अवस्थामा फेला परेपछि प्रहरीलाई जानकारी गराएका थिए।

 

घटनास्थालमा इलाका प्रहरी कार्यालय साङपाङ र इलाका प्रहरी कार्यालय तिवारीभञ्ज्याङबाट खटिएको प्रहरी टोलीले अनुसन्धान गरिरहेको जिल्ला प्रहरि कार्यालय भोजपुरले जनाएको छ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu