Connect with us
Kapilvast Forest

नवलपरासी : पहिरोमा हराइरहेका तीन जनाको खोजी हुँदै

२०७८, १२ भाद्र शनिबारमा प्रकाशित

नवलपरासी – नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको हुप्सेकोट गाउँपालिकामा पहिरोमा बेपत्ता तीन जनाको आज बिहानैदेखि खोजी थालिएको छ ।बेपत्ता भएका तीन जनाको हिजोदेखि नै सुरक्षाकर्मीको टोलीले खोजी थालेको थियो । हुप्सेकोट गाउँपालिका–४ का हर्कबहादुर पुलामीकी श्रीमती धनमाया पुलामी, नातिनीहरू भूमिसार पुलामी र देउमाया पुलामीको अवस्था अहिलेसम्म थाहा हुन सकेको छैन ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रमुख एसपी प्रकाश मल्लले शुक्रवार दिनभरि सुरक्षाकर्मी र स्थानीयले खोजी गरे पनि पहिरोमा पुरिएर बेपत्ता भएकाहरु फेला नपरेको बताउनुभयो । खोजी कार्यका लागि अहिले सात जना सुरक्षाकर्मीको टोली घटनास्थलमा रहेको प्रमुख मल्लले बताउनुभयो ।

पहिरोमा परि बेपत्ताको खोजीका लागि थप प्रहरी परिचालन गर्न लागिएको उहाँले बताउनुभयो । आज दिउँसो थप ५० जना सुरक्षाकर्मीको टोली पहिरोमा पुरिएकाको खोजीका लागि पठाउने तयारी गरिएको मल्लले बताउनुभयो।

बिहीवार राति अविरल वर्षाका कारण गएको पहिरोमा पुरिएर हुप्सेकोट गाउँपालिका-४ माथिल्लो चार घरेका एकै परिवारका तीन जना बेपत्ता भएका थिए । हस्तबहादुरको भने स्थानीयले उद्धार गरेका थिए ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu