लेस्टरले नर्वीच सिटीलाई हरायो
एजेन्सी – इंग्लिस प्रिमियर लिगमा लेस्टर सिटीले नर्वीच सिटीलाई पराजित गरेको छ । गएराति नर्वीचको मैदानमा भएको खेलमा लेस्टर २(१ गोलले विजयी बनेको हो । खेलको ८ औं मिनेटमा नै लेस्टरले जेम भार्डीको गोलबाट सुरुवाती अग्रता बनाएको थियो ।
४४ औं मिनेटमा टिमु पुकीले पेनाल्टीमार्फत गोल गर्दै नर्वीचलाई बराबरीमा ल्याउनु भएको हो । यता ७६ औं मिनेटमा मार्क अल्ब्राइटनले गोल गर्दै लेस्टरको जित सुनिश्चित गर्नु भयो । लेस्टरले ३ खेलमा २ जित निकाल्दै ६ अंक जोडेको छ । नर्वीच भने तीनै खेलमा पराजित भएको छ ।