ला लिगाः रियल मड्रिडले रियल बेटिसलाई हरायो
एजेन्सी-स्पेनिस फुटबल लिग ला लिगा अन्तर्गत रियल मड्रिडले रियल बेटिसलाई पराजित गरेको छ । गएराति रियल बेटिसको मैदानमा भएको खेलमा रियल मड्रिड १(० गोलले विजयी बनेको हो ।
खेलको ६१ औं मिनेटमा डानी कार्भाहालले गरेको गोल नै रियल मड्रिडको जितका लागि निर्णायक गोल बन्यो । रियल मड्रिडले ३ खेलमा २ मा जित र १ बराबरी खेल्दै ७ अंक जोडेको छ । बेटिसले समान खेलमा २ बराबरी खेल्दै २ अंक जोडेको छ ।