Connect with us
Kapilvast Forest

मेस्सीको डेब्यु, एम्बाप्पे चम्किदा पीएजीको जित

२०७८, १४ भाद्र सोमबारमा प्रकाशित

 

एजेन्सी-लियोनल मेस्सीको डेब्यु खेलमा फ्रान्सेली लिग वानमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले जित निकालेको छ । आइतबार राति भएको खेलमा पीएसजीले रेइम्सलाई २–० गोल अन्तरले हराएको हो ।

messi-psg-debut-1024×654.jpg
नयाँ सिजन पीएसजी आएका मेस्सीले क्लबबाट डेब्यु गरेका थिए । वैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका मेस्सीले ६६ औं मिनेटमा नेयमारको स्थानमा मैदान छिरेका थिए । मेस्सीको डेब्यु खेलमा पीएसजीलाई जित दिलाउन दुवै गोल केलियन एम्बाप्पेले गरेका थिए ।

Messi-debut-psg-1024×683.jpg
खेलको १६ औं मिनेटमा एन्जल डी मारियाको पासलाई सदुपयोग गर्दै एम्बाप्पेले पीएसजीलाई अग्रता दिलाएका थिए । ६३ औं मिनेटमा हाकिमीको पासमा एम्बाप्पले दोस्रो गोल गरेका थिए । जित सहित पीएसजीले ४ खेलबाट १२ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा छ । रेइम्स मात्र ३ अंक सहित रेलिगेशन जोन भन्दा एक स्थानमाथि छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu