Connect with us
Kapilvast Forest

बाढी पहिरोको कारण चार दिनयता १२ जनाको ज्यान गयो

२०७८, १४ भाद्र सोमबारमा प्रकाशित

काठमाडौं –बाढी पहिरोका कारण पछिल्ला चार दिनमा १२ जनाको ज्यान गएको छ ।तीन जना बेपत्ता भएका छन् भने ९ जना घाइते भएका राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।प्राधिकरणका प्रवक्ता विश्वप्रकाश अर्यालका अनुसार करिब ५ हजार घर डुबानमा परेका छन् । ९० हजारभन्दा धेरै मानिस प्रभावित भएका छन् ।

केही दिनदेखिको वर्षाले रुपन्देही, नवलपरासी, कपिलवस्तु, कैलाली, बाँके, दाङ, काभ्रे, सुर्खेत, पाल्पा, सिन्धुपाल्चोक, दार्चुला, बझाङ, उदयपुर, सिरहा, सर्लाही, रौतहट, धनुषा, झापा लगायतका जिल्लामा बढी असर गरेको छ ।

बाढी पहिरो पीडितलाई पालिकामार्फत उद्धार र राहतको काम भइरहेको अर्यालले जानकारी दिनुभयो।उद्धार र राहत आवश्यक परेमा नजिकको प्रहरी र आफ्नो पालिकामा सम्पर्क गर्न पनि प्राधिकरणले आग्रह गरेको छ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu