Connect with us
Kapilvast Forest

नागढुङ्गा सडक खण्ड एकतर्फी रुपमा खुल्यो

२०७८, १४ भाद्र सोमबारमा प्रकाशित

काठमाडौं – लगातारको वर्षाका कारण पहिरो खस्दा बन्द भएको काठमाण्डाैसँगको मुख्य नाका नागढुङ्गा सडक खण्ड एकतर्फी रुपमा खुलेको छ ।बिहान साढे ५ बजे नागढुङ्गा नजिकै चिसापानीमा पहिरो गएर बन्द भएको यो सडक केहीबेर अघिदेखि एकतर्फी खुलेको प्रहरीले जनाएको छ ।

एकतर्फी रुपमा सडक खुले पनि गाडी चापमा चलिरहेका प्रहरीले जनाएकाे छ । अहिले सडक दुईतर्फी नै खुलाउने प्रयास भइरहेको प्रहरीकाे भनाइ छ।सडक बन्द हुँदा काठमाण्डौ आउँदै गरेका रात्रि सेवाका बस र अन्य गाडीसहित यात्रु अलपत्र परेका थिए ।हिजो पनि यही ठाउँमा पहिरो गएको थियो । तर पहिरो हटाएर हिजो दिउँसाे १ बजेदेखि सडक खुलाइएको थियो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu