Connect with us
Kapilvast Forest

रवीन्द्र मिश्रले बोलाएको केन्द्रीय कमिटी बैठकको पाण्डेको आपत्ति

२०७८, १४ भाद्र सोमबारमा प्रकाशित

काठमाडौं -विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले एकपक्षीय रुपमा केन्द्रीय कमिटी बैठक बोलाउनुभएको छ ।सोमबार केन्द्रीय सदस्यहरुलाई ईमेल गरेर मिश्रले ‘पछिल्लो समय उत्पन्न परिस्थितिबारे छलफल गर्न’ बिहीबार केन्द्रीय कमिटी बैठक राखिएको जानकारी दिनुभएको छ ।

 

तर अध्यक्ष मिश्रले पार्टी एकता गर्दा भएको सम्झौता विपरित एकपक्षीय रुपमा केन्द्रीय कमिटी बैठक बोलाएको भन्दै संयोजक पाण्डेले आपत्ति जनाउनुभउको छपार्टी एकीकरणको सम्झौतामा अध्यक्ष र संयोजकको सहमतिमा बैठक बोलाउने भनिएको थियो । अध्यक्ष मिश्रले एकपक्षीय रुपमा बैठक बोलाउनु एकीकरणको सम्झौता विपरित भएको भन्दै पाण्डेले बैठक रोक्न माग गर्नु भएको छ ।

अध्यक्ष मिश्रले संघीयता खारेजी र धर्मनिरपेक्षतामा जनमत संग्रह गर्नुपर्ने मागसहित राजनीतिक दस्तावेज सार्वजनिक गरेपछि विवेकशील साझामा वैचारिक मतभेद चर्किएको छ ।

मिश्रको दस्तावेज ‘उल्टो बाटो’ भएको भन्दै संयोजक पाण्डेसहित चार शीर्ष नेताले काउन्टर प्रतिवेदन सार्वजनिक गर्नु भएको थियो । त्यसयता पार्टीमा औपचारिक संवाद ठप्प थियो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu