एमालेको अध्यक्षका लागि योग्य छु, तर कार्यकर्ताको चाहनामा भर पर्छ : ईश्वर पोखरेल
काठमाडौं – नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले पार्टी अध्यक्षमा दावी गर्न आफू योग्य रहेको बताउनुभएको छ । तर उम्मेदवार हुने नहुने भन्ने देशको परिस्थिति र कार्यकर्ताको चाहनामा भर पर्ने उहाँले बताउनुभयो ।
सोमबार पत्रकारसँगको कुराकानीमा उनले आफू क्षमता, निष्ठा, इतिहास र निरन्तरताका आधारमा एमालेको अध्यक्षका लागि नेता हुनका लागि आफू योग्य रहेको बताउनुभयो ।
‘म व्यक्तिगत ढंगले भने मेरो हिस्ट्री मेरो निरन्तरताले मेरो क्षमता, म डिजर्भ गर्छु भनिरहनै परेन’ उहाँले भन्नुभयो , ‘तर देशको परिस्थिति कस्तो हुन्छ, देशभरिको कार्यकर्ताको चाहना के हुन्छआफू उम्मेदवार भए पनि कार्यकर्ताको चाहना नभएमा उम्मेदवार हुनुको कुनै अर्थ नहुने पोखरेलले बताउनुभयो ।