शितगंगा ५ मा पौडेलको सभापतिमा उमेदवारी हुने
अर्घाखाँची -नेपाली काग्रेशको पकट मानिने शितगंगा नगरपालिकाको वडा नम्बर ५ मा काग्रेशको १४ औ महाधिबेसनमा फर्सुराम पौडेलले वडा सभापतिमा उमदवारी दिनु हुने भएको छ । बिगत लामो समय सम्म काग्रेशको कृयाशिल रहेर काम गरि रहनु भएका पौडेलले अब वडामा पाटीको नेत्तृत्व गरे काम गर्ने चाहना रहेको बताउनु भयो ।
पौडेल १२ औ महादिबेशनमा जुकेना गाउँ बिकास समिति सहसचिव हुनु भएको थियो भने १३औ मा गाउँकार्यसमिति सचिब भएर काम गरि सक्नु भएको छ । २०७३ बाट सितगंगा नगरकार्य समिति सदस्य , २०६३ सालदेखि देउराली यातायात प्रालिको रुट सदस्य भई ठाडा जुकेना जलुके एैरावति मोटरबाटोमा नियमित जिप सञ्चालनमा नेतृत्वदायी भुमिका खेल्दै भुपु सैनिक संघ अर्घाखाँची जिल्ला सदस्य सहित अहिले सितगंगा नगर अध्यक्षमा रहेर अप्ठेरोमा पर्नेहरुलाई सेवा गर्नु भएको छ चौकिमा पहिलोपटक एम्बुलेन्स ल्याउन नेत्तृत्व खेल्नु भएका पौडेल स्थानीय तह निर्वाचन २०७४ हुनुपुर्व सर्वदलीयमा साबिक वडा न ५ संयोजक भई पाटीलाई उत्कृष्ट नतिजा दिन सफल हुनु भयो ।
गाउमा हुने बिकास निमार्णमा उल्लेखनिय भुमिका खेल्ने पौडेलले सामाजिक काममा कृयाशिल समेत हुनु हुन्छ । पाटीका कृयाशिल सदस्यहरु माझ पनि पृय रहेका पौडेलले सबैको साथ रहेकोले वडाको सभापतिमा निबिरोध हुनेमा आसा ब्यत्त गर्नु भयो ।