Connect with us
Kapilvast Forest

नेपाल-भारत मैत्रीपूर्ण फुटबलको पहिलो खेल आज

२०७८, १७ भाद्र बिहीबारमा प्रकाशित

काठमाडौं – नेपाल र भारतबीच हुने दुई मैत्रीपूर्ण फुटबलको महिलो खेल आज हुँदै छ। खेल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा साँझ ५ः३० बजेबाट शुरु हुनेछ।नेपालसित मैत्रीपूर्ण खेल खेल्न भारतीय टोली गत सोमबार काठमाडौँ आइपुगेको हो। मुख्य प्रशिक्षक इगोर स्टिमाकसहितको २५ सदस्यीय भारतीय टोली नेपालसित दुई मैत्रीपूर्ण खेल खेल्न नेपाल आइपुगेको हो।

नेपाल र भारतबीच छ वर्षपछि फुटबल हुन लागेको हो। नेपालले यसअघि सन् २०१७ मा भारतको मुम्बईमा खेलेको थियो। उक्त प्रतियोगितामा नेपाल भारतसँग दुई शून्य गोलले पराजित भएको थियो।

नेपाल र भारबीच हालसम्म १९ वटा खेलमा प्रतिस्पर्धा भएकामा भारतले १३ खेलमा जीत हासिल गरेको छ भने नेपाल दुई खेलमा मात्र विजयी भएको छ। दुवै देशले चार खेलमा बराबरी खेलेका थिए।

विश्व फुटबल महासङ्घ (फिफा)को बरियाताअनुसार पुरुष फुटबल टोलीतर्फ भारत १०५औँ तथा नेपाल १६८औँ स्थानमा रहेको छ।प्रतियोगिताका लागि दर्शकलाई मैदानमा प्रवेश गरी अवलोकन गर्न दिइने भएको छ। अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का अध्यक्ष कर्माछिरिङ शेर्पाले दर्शकलाई मैदान प्रवेशका लागि काठमाडौँ जिल्ला प्रशासन कार्यालय र कोभिड– १९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी)ले अनुमति दिएको जानकारी दिए।

दर्शक मैदानमा प्रवेशका लागि एन्फाले बुधबार अनुमतिपत्र पाएको हो। नेपाल र भारतबीचको पहिलो खेलका लागि पाँच हजार १०० दर्शक मैदान प्रवेशका लागि अनुमति पाएको शेर्पाले बताए। दर्शकका लागि अनलाइनबाट टिकट किन्न सकिने व्यवस्था गरिएको छ। टिकट दर एक हजार र दुई हजार राखिएको छ भने टिकट प्रभुपे एपबाट अनलाइन किन्न सकिने एन्फाले जनाएको छ।

एन्फाका अनुसार भारतसितको मैत्रीपूर्ण खेलपछि नेपाली टोली दक्षिण एसियाली फुटबल प्रतियोगिता (साफ)को तयारी गर्न कतारको दोहा जानेछ। नेपाली टोली भदौ २५ गते दोहा प्रस्थान गर्ने तय भएको छ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu