Connect with us
Kapilvast Forest

एकीकृत समाजवादी दैलेखका अध्यक्ष योगीलाई पार्टीमा फर्कन एमालेको आग्रह

२०७८, १८ भाद्र शुक्रबारमा प्रकाशित

सुर्खेत – नेकपा एकीकृत समाजवादी दैलेखका अध्यक्ष बरुणनाथ योगीलाई नेकपा एमाले दैलेखले पुरानै जिम्मेवारीमा फर्कन आग्रह गरेको छ । केन्द्रीय कमिटी बैठकले एमालेका सम्पूर्ण संरचना २०७५ जेठ २ गतेको अवस्थामा फर्काइएको भन्दै एमालेले योगीलाई पुरानै जिम्मेवारीमा फर्कन आग्रह गरेको हो ।

एमाले दैलेखका अध्यक्ष रविन्द्रनाथ शर्माले योगीलाई पठाएको पत्रमा भनिएको छ, ‘भदौ १० गतेको केन्द्रीय कमिटी बैठकले मातहतका सबै कमिटीहरू २०७५ जेठ २ गतेकै संरचनामा कायम गर्ने निर्णय गर्‍यो । २०७८ साल भदौ १७ गतेको जिल्ला कमिटी सचिवालय बैठकले केन्द्रको उक्त निर्णय लागू गर्ने जनाएको छ ।’ एमालेले यसअघि गरेको सम्पूर्ण कारबाही पनि निष्क्रिय गरिएको पत्रमा उल्लेख छ ।

एमालेको नवौं महाधिवेशनमा दैलेखको उपाध्यक्षमा पराजित योगी तत्कालीन नेकपाको जिल्ला कमिटी सदस्य हुनुन्थ्यो  । एमालेभित्र विवाद चर्किंदै गर्दा वैशाख १३ गते योगीको नेतृत्वमा नेपाल समूहले जिल्लामा समानान्तर कमिटी गठन गरेको थियो ।माधवकुमार नेपाल एमालेबाट छुट्टिएपछि समानान्तर कमिटी समाजवादीमा परिणत भएको थियो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu