कैलालीमा माइक्राे बस र अटो रिक्सा ठोक्किँदा तीन जनाको ज्यान गयो
तीन जनाको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो । घोडाघोडी नगरपालिका-९ का २४ वर्षीय युवराज चौधरी, २६ वर्षीय भिगम चौधरी र १९ वर्षीय जितेन चौधरीको ज्यान गएको हो ।घाइतेमध्ये केही उपचार पछि घर फर्किएका छन् भने केहीको उपचार भइरहेको छ ।