Connect with us
Kapilvast Forest

नेपाल उत्पीडित जातिय मुक्ति समाजको शिवराज नगर बैठक सम्पन्न

२०७८, १८ भाद्र शुक्रबारमा प्रकाशित

संजीव गहतराज,कपिलवस्तु –नेकपा एमालेले संगठन सद्धढिकरण कार्यलाई अगाडि बढाएको छ । नेकपा ऐमालेको भातृ संगठन नेपाल उत्पीडित जातिय मुक्ति समाज शिवराज नगर कमिटिको बैठक सम्पन्न गरेको छ । बैठकलाई सम्बोधन गर्दै यस क्षेत्रका दलितहरु संगठीत हुनुपर्ने औलाउदै अबको दिनहरुमा दलितहरुले स्थानीय निर्वाचनमा नेतृत्व गर्नुपर्नेमा कार्यक्रमको प्रमुख अतिथि नेपाल उत्पीडित जातिय मुक्ति समाज कन्द्रिय सचिवाल सदस्य एवम लुम्बनि प्रदेश सचिव चन्द्र बहादुर गहतराजले जोड दिनुभयो ।

नेकपा एमाले पार्टी र नेपाल उत्पीडित जातिय मुक्ति समाज नंङ्ग र मासुको सम्बन्ध भएकोले पार्टीलाई प्राथमिक्तामा राखेर निर्वाचनमा पहिलो पार्टी बनाउनका लागि वडा कमिटी विस्तार तुरुन्त गर्नुपर्नेमा लुम्बनि प्रदेश सचिव गहतराजले जोड दिनुभयो ।

नेकपा ऐमाले पाटी विभाजन नभएको बताउदै केहि असन्तुष्टी पक्ष अलग भकाएको नेपाल उत्पीडित जातिय मुक्ति समाज कन्द्रिय सदस्य तथा राष्ट्रिय दलित आयोग पुर्व सदस्य बेगम विश्वकर्मा बताउनु भयो । सामाजिक अपराध जातीय छुवाछुतको मुक्तीका लागि हामी के.पि ओलिको नेतृत्वको पार्टी नेकपा एमालेमा गोलबद्ध हुनुपर्नेमा केन्दि«य सदस्य विश्वकर्माले जोड दिनुभयो ।

हिजोको दिनमा सामन्ती वर्गले शुरुवात गरेको जातिय छुवाछुत एक सामाजिक कलंक हो । यसको विरुद्धमा डटेर लड्नुपर्नेमा नेकपा एमाले शिवराज नगर कमिटि अध्यक्ष जगत पौडेलले बताउनुभयो । सर्बहारा वर्ग, पछाडि पारीएको समुदाय दलित, जनजाती, अल्पसंखयकको मुक्तीका लागि धेरै संख्यामा भेला आयोजना गरि वडा कमिटि विस्तार गर्नुपर्ने बताउनु भयो । सुर्य छाप अंकित नेकपा ऐमालेलाई आउने निर्वाचनमा मतदान गरि विजयी बनाउनुपर्नेमा नगर सचिव निशा विश्वकर्मा जोड दिनुभयो ।

बैठकले १७ सदस्य सचिवालय गठन गरेको छ । साथै बैठकले भदौ मसान्त सम्म पार्टी सदस्यता नविकरण गर्ने निर्णय गरेको छ । बैठकले भाद्र २८ गते देखि शुरु भएर असोज ७ गते सम्ममा शिवराज नगरका ११ वटै वडाहरुमा वडा भेला सम्पन्न गर्ने निर्णय गरेको छ । बैठकले पुर्ण बहादुर विश्वकर्मा, यम बहादुर विश्वकर्मा, पंचराम कोरी, राम बहादुर दर्जी, गिता वि.क लाई नगर कमिटिमा मनोनित गरेको छ । नेपाल उत्पीडित जातिय मुक्ति समाज शिवराज नगर अध्यक्ष मते विश्वकर्माको अध्यक्षता र सचिव ऋषिकेश विश्वकर्मालको संचालनमा कार्यक्रम सम्पन्न भएको हो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu