Connect with us
Kapilvast Forest

नेपाली आकाशमा भारतीय हेलिकप्टर, जनमोर्चाको आपत्ति

२०७८, १९ भाद्र शनिबारमा प्रकाशित

काठमाडौं -नेपालको स्वीकृतिबिना नेपाली आकाशमा भारतीय हेलिकप्टर प्रवेश गरेकोप्रति राष्ट्रिय जनमोर्चाले आपत्ति जनाएको छ । दार्चुला जिल्लाको सदरमुकाम खलङ्गास्थित नेपाली सेनाको गुरु गुल्म हेडक्वार्टर, लेकम, मालिकार्जुन, महाकाली, दुहुँ र व्यास गाउँपालिका क्षेत्रको आकाशमा पटक–पटक भारतीय हेलिकोप्टर उडेको समाचार सार्वजनिक भएको बारे पार्टीले ध्यानाकर्षण भएको जनाएको हो ।

‘नेपालको स्वीकृतिबिना नेपालको आकाशमाथि भारतीय हेलिकोप्टर उडाउने कार्य गरेर भारतले अन्तर्राष्ट्रिय नियमको उल्लङ्घन गर्नुका साथै नेपालको राष्ट्रियता तथा सार्वभौमिकता र अखण्डतामाथि चुनौती दिएको छ । भारतको उक्त हस्तक्षेपकारी कार्यको हाम्रो पार्टीले घोर विरोध तथा भर्त्सना गर्दछ । त्यस प्रकारका हर्कत नगर्न नेपाल सरकारले भारतीय पक्षसँग दृढतापूर्वक कूटनीतिक पहल गर्नुपर्ने कुरामा जोड दिन्छौँ,’ महासचिव मनोज भट्टले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

त्यस्तै, महाकालीको तुइन काण्डका सम्बन्धमा छानबिन गर्न गठित आयोगले सरकारलाई बुझाएको प्रतिवेदनमा भारतीय सुरक्षाकर्मीले तुइन चुँडाली दिएका कारण जयसिंह धामीको मृत्यु भएको ठहर गरेकोमा हत्यामा संलग्न भारतीय सुरक्षाकर्मीलाई कडाभन्दा कडा सजाय गर्नका लागि नेपाल सरकारले भारतीय पक्षसँग पहल गर्न पार्टीले माग गरेको छ । मृतक धामीको परिवारलाई आवश्यक क्षतिपूर्ति दिन समेत सरकारसँग पार्टीले माग गरेको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu