Connect with us
Kapilvast Forest

एमाले अध्यक्ष ओली एक्कासी अस्वस्थ, भेटघाट पुरै बन्द

२०७८, १९ भाद्र शनिबारमा प्रकाशित

भक्तपुर – पूर्वप्रधानमन्त्री एवं प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली एक्कासी अस्वस्थ हुुनुभएको छ । अध्यक्ष ओली हिजो शुक्रबारदेखि अस्वस्थ भएको एमालेका केन्द्रिय सदस्य एवं प्रचार विभाग उपप्रमुख सूर्य थापाले बताउनुभएको छ ।

थापाले भन्नुभयो , ‘हिजो भेटघाट बन्द हो, अलिकति ज्वरो आएको हो, धपडी भएको हो, अरु ठिकै छ, आराम गरिरहनु भएको छ ।’ ओली अस्वस्थ भएपछि आज शनिबार उनी सहभागी हुने भनिएका सवै कार्यक्रमहरु स्थगित गरिएका छन् ।

हिजोदेखि आराम गरिरहनु भएकोले आज पनि भेटघाट बन्द नै छ होला होइन भने प्रश्नको उत्तर दिंदै थापाले अहिले अव धेरै भेटघाट भन्दा पनि आराम गरिरहनु भएको बताउनुभयो ।

थापाका अनुसार ओली अहिले बालकोटस्थित निवासमै आराम गरिरहनुभएको छ । अत्यावश्यक बाहेक सबै भेटघाट बन्द गरिएको उहाँले बताउनुभयो ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu