Connect with us
Kapilvast Forest

दैलेखकी १९ वर्षीया किशोरी कांग्रेस वडा सभापतिमा निर्वाचित

२०७८, २० भाद्र आईतवारमा प्रकाशित

दैलेख – दैलेखकी १९ वर्षीया किशोरी स्वस्तिका महत नेपाली कांग्रेसको वडा सभापतिमा निर्वाचित हुन्नु भएको छ । दैलेखको दुल्लु नगरपालिका–३ नेपाकी महत भर्खर १९ वर्ष लागेकी हुन्। उनै महत हालै सम्पन्न नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट वडा सभापतिमा निर्वाचित हुनु भएको छ ।

महत राजनीतिक वातावरणमै हुर्किएकी महतका बुवा भूपेन्द्रजंग महत दैलेख कांग्रेसको उपसभापति हुनुन्थ्यो । उहाँको दुई वर्षअघि मृत्यु भएको थियो।
‘बुवा पार्टी उपसभापति हुनुहुन्थ्यो, राजनीतिबाट समाज परिवर्तन गर्ने लक्ष्य उहाँको थियो’, स्वस्तिकाले भन्नु भयो ‘बुबाको सपना पूरा गर्नका लागि स्वास्थ्यकर्मीको बाटो छोडेर राजनीतिमा होमिएकी हुँ।’

स्वस्तिकाले पछिल्ला दुई वर्ष राजनीतिकलाई नजिकबाट बुझ्न पाउनु भयो । नेपालगञ्ज टेक्निकल कलेजबाट एचएको पढाइ सकेलगत्तै कोरोना संक्रमण सुरु भयो। त्यसपछि उहाँ गाउँ फर्किनु भएको हो

स्वस्तिका वडा सभापतिमा निर्वाचित हुँदा जति खुसी छिन्, त्यति नै जिम्मेवारीले थिचिएको महसुस गर्नु भएको छ । ‘मलाई विश्वास गरेर पार्टी र वडामा क्रियाशील सदस्यहरुले सर्वसम्मत वडा सभापतिमा विजयी गराउनु भएको छ’,उहाँले भन्नु भयो , ‘यो विश्वास र भरोसालाई मर्न दिने छैन।’ पार्टी राजनीतिसँगै उहाँले पढाइलाई पनि निरन्तरता दिने बताउनु भयो ।

स्वस्तिकाजस्तै धेरै युवाहरु कांग्रेसको जारी १४ औं महाधिवेशनबाट वडा तहको नेतृत्वमा सहभागिता रहेको छ । राजनीतिमा युवाहरुको प्रवेशले कांग्रेसमा नयाँ आशाको किरण जगाएको नेताहरू बताउँछन्।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu