Connect with us
Kapilvast Forest

इटाली बन्यो सर्वाधिक अपराजित रहने टिम

२०७८, २१ भाद्र सोमबारमा प्रकाशित

एजेन्सी- कतार विश्वकप छनोटका लागि अहिले अधिकांश देश प्रतिस्पर्धामा छन्। युरो छनोट अन्तर्गत आइतबार राति भएको खेलमा युरोपियन च्याम्पियनसिप बिजेता इटालीले आफ्नो नाममा नयाँ इतिहास रचेको छ।

अन्तर्राष्ट्रिय फुटबलमा इटालीले सबैभन्दा बढी खेलमा अपराजित रहने कीर्तिमान बनाएको हो। आइतबार राति भएको विश्वकप छनोट अन्तर्गत समूह ‘सी’ को खेलमा स्विट्जरल्यान्डसँग गोलरहित बराबरी खेल्दै इटालीले यसअघि ब्राजिल र स्पेनले राखेको ३५ खेलको अपराजित यात्राको रेकर्ड भंग गरेको हो।

इटाली आइतबारको खेलसँगै ३६ खेलसम्म अपराजित रहेर नयाँ कीर्तिमान बनाउन सफल भएको हो। यसअघि पाँच पटकको विश्व विजेता ब्राजिलले सन् १९९३ देखि सन् १९९६ सम्म तथा स्पेन २००७ देखि २००९ सम्म ३५ खेलसम्म अपराजित यात्रा कायम राखेका थिए। इटालीले आईतबार सम्म ३६ खेलमा २९ जित र ७ बराबरी गरेको छ।

बराबरी पछि समूह ‘सी’ मा रहेको इटालीको ५ खेलबाट ११ अंक जोडेर शीर्ष स्थानमा यथावत रहेको छ। ३ खेल खेलेको स्विट्जरल्यान्ड ७ अंक जोडेर दोस्रो स्थानमा रहेको छ।

यही समूहको अर्को खेलमा बुल्गेरियाले लिथुआनियालाई १-० ले पराजित गरेको थियो। जितपछि बुल्गेरिया ५ खेलबाट ५ अंक जोडेर तेस्रो स्थानमा उक्लिएको छ। लिथुआनिया अंकविहीन छ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu