Connect with us
Kapilvast Forest

ब्राजिल र अर्जेन्टिनाबीचको विश्वकप छनोट स्थगित

२०७८, २१ भाद्र सोमबारमा प्रकाशित

काठमाडौं-ब्राजिल र अर्जेन्टिनाबीचको विश्वकप फुटबल २०२२ को छनोट खेल स्थगित भएको छ । ब्राजिली स्वास्थ्य अधिकारीहरुले मैदानमै प्रबेश गरेर खेल अबरुद्ध गरेका हुन ।

ब्राजिलको नेउ क्विमिका एरेना पिचमा खेल सुरु भएको पाँच मिनेटपछि ब्राजिली स्वास्थ्य अधिकारीहरु मैदानमै प्रवेश गरेर छनोट खेल्न उत्रेका खेलाडीले कोभिड १९ सम्बन्धी सरकारी मापदण्डको पालना नगरेको भन्दै अबरुद्ध गर्न पुगे ।

ब्राजिली अधिकारीहरुले बेलायत, दक्षिण अफ्रिका वा भारतमा गएको १४ दिनभित्र भ्रमण गरेका खेलाडीको मापदण्ड बमोजिम ब्राजिल प्रबेश गर्न निषेध गरिएको छ । ब्राजिली नागरिकले मात्रै यस्तो प्रबेश पाउने ब्यवस्था गरिएको छ । तर प्रिमियर लिग खेलेका खेलाडी बेलायतबाट फर्केका हुनाले ब्राजिली अधिकारीहरुले बिरोध गरेका हुन । आष्टन भिल्लाका गोलकिपर एमिलिआनो मार्टिनेज र टटनहमका क्रिष्चियन रोमेरो, जियोभानी लो सेल्सोले कोभिड प्रोटोकल उल्लघंन गरेको बताइएको छ ।

खेल अवरुद्ध भएपछि अर्जेन्टाइन टोलि मैदान छोड्न पुगेको थियो । यद्दपी कप्तान लियोनल मेस्सी र ब्राजिली खेलाडी तथा दुबै देशका प्रशिक्षक मैदानमै जमा भएर एकछिन छलफल गर्नुभएको थियो ।

मेस्सीले टेलिभिजनलाई प्रतिक्रिया दिदै भन्नुभएको छ, “हामी मैदानमा एक घण्टा अगाडिदेखि थियौं, रोक्नैपर्ने भए बीचमा किन, खेल सुरु नै नगरेको भए हुन्थ्यो ।” खेलमा म्याच रेफ्री र अधिकारीहरुले फुटबलको सर्बोच्च निकाय फिफाको अनुशासन समितिलाई यसबारे जानकारीसहितको प्रतिवेदन पठाउदै सुझाब माँग्नेछ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu