Connect with us
Kapilvast Forest

बिजयनगर गाउँपालिका विप्लव निकट युवा संगठनद्वारा घेराउ

२०७८, २२ भाद्र मंगलवारमा प्रकाशित

अनिल थारु ,कपिलवस्तु  -कपिलवस्तु जिल्ला अन्तर्गत बिजयनगर गाउँपालिका स्थानीय सरकारको भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल सोमबार गठन भए लगत्तै विप्लव( नेतृत्व )नेपाल कम्युनिस्ट पार्टी निकट युवा संगठन नेपाल कपिलवस्तुले आज मंगलवार बिजयनगर गाउँपालिकालाई घेराउ गरि बेरुजु रकम विरुद्धको बिरोध प्रदर्शन गरेको छ ।

युवा संगठन नेपाल कपिलवस्तुले महालेखा परिक्षकले निकालेको बेरुजु रकमलाई लिएर गाउँपालिकालाई घेराउ गरेको हो। महालेखा परिक्षकका अनुसार बिजयनगर गाउँपालिकाले पुरै बजेट ४.७४% अर्थात ४,८६०,५,०००/ ( चार करोड छियसी लाख पाँच हजार ) बेरुजु देखिए पछि उक्त स्थानीय तहलाई मुख्य बिन्दुमा राखी सबै स्थानीय तहलाई सचेत गराएको छ ।

उक्त कार्यक्रममा बोल्दै युवा संगठन नेपाल केन्द्रिय सदस्य तथा लुम्बिनी ब्युरो इन्चार्ज क. विश्लेषणले गाउँपालिका , नगरपालिका , उपामहानगरपालिका र महानगरपालिका सम्पुर्ण स्थानीय तहमा बेरुजु भएको र महालेखा परिक्षकले सबै बेरुजु रकम सार्बजनिक नगरेको बताउनु भयो ।

संसदीय व्यवस्था पुर्ण रुपले असफल भएको र वैज्ञानिक समाजवादी राज्यव्यवस्था स्थापनाको विकल्प नरहेको बताउनुभयो यो संसदीय ब्यवस्थामा जति पनि बिकास भएका सबै कमसल खालको रहेको ठेक्का पत्ता कार्यमा नातावाद , कृपावाद भएको बताउनु भयो । संसदीय सरकार विघटन गरेर प्रगतिशिल संयुक्त सरकार गठन गरि जनमतसंग्रह मार्फत व्यवस्था चुन्ने अधिकार जनतालाई दिनुपर्ने उनको भनाई थियो ।

बिरोध प्रदर्शन कार्यक्रम १५५ जना स्थानीय युवा, समाजसेवि , बुद्धिजीवी लगायतको उपस्तिथि रहेको र सहजीकरण संचालक युवा संगठन नेपाल कपिलवस्तु अध्यक्ष सागरले गर्नुभएको थियो

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu