राष्ट्रिय जनमोर्चा कपिलवस्तु द्वाराएमसिसी सम्झौता विरुद्ध प्रदर्श
केर सिंह अ दै ,कपिलवस्तु –राष्ट्रिय जनमोर्चा को देश व्यापी एमसिसी सम्झौता विरुद्ध प्रदर्शन गरेको छ । घोषित कार्यक्रम अन्तर्गत कपिलवस्तु ले आज जिल्लाको सदरमुकाम तौलिहवा र पश्चिम विजय नगर गाउँ पालिका मा राष्ट्रघातीएमसिसी सम्झौता विरुद्ध सभा सम्पन्न गरेको छ।
जिल्ला को सदर मुकाम तौलिहवा मा भएको कोण सभा लाई राष्ट्रिय जनमोर्चा का जिल्ला अध्यक्ष दधिराम आचार्य, उपाध्यक्ष रामप्रसाद बेल्बासे, अखिल नेपाल बुद्धिजीवी संघ का जिल्ला संयोजक शशी सापकोटाले सम्बोधन गर्नु भएको थियो यसै गरी जिल्ला को पश्चिम भारत को सीमा सँग जोडिएको विजय नगर गाउँ पालिका मा पनि राष्ट्र घाँटी एमसिसी सम्झौता विरुद्ध सभा सम्पन्न भएको छ।
राष्ट्रिय जनमोर्चा विजय नगर गाउँ पालिका का अध्यक्ष गोपाल सुनारको अध्यक्षता र रक्तिम सांस्कृतिक अभियान शिवराजका अध्यक्ष बेगम बुढाको सञ्चालन मा भएको कार्य क्रम लाई राष्ट्रिय जनमोर्चा जिल्ला कोषाध्क्ष चेट नारायण खनाल र राष्ट्रिय जनमोर्चा जिल्ला सल्लाकर तथाअखिल नेपाल ट्रेड युनियन महासंघ अन्तुका केन्द्रीय सदस्य केर सिंह अदै ले सम्बोधन गर्नु भएको थियो।
वक्ता हरुले एमसिसी सम्झौता नेपालको कानुन भन्दा माथि हुने सेना सहित आउने नेपाल सरकार को समेत कुनै हात नहुने, तत्कालीन अवस्था मा आर्थिक सहयोग को नाम मा अमेरीका , नेपालमा घुस्न चाहेको इन्दो फेसिफिक रणनीति अन्तर्गत चीनलाई घेर्ने रणनीति भएको नेपाल लाई अस्थिर बनाउने चीन र अमेरिकाको युद्ध मा नेपाल रणभूमि हुने भएको ले यो सम्झौता को विरुद्ध संघर्ष गर्नु परेकोबताउनु भयो ।साथै सम्पूर्ण देशभक्त जन समुदाय लाई राष्ट्रघाती mcc सम्झौता खारेज गर्न आन्दोलन मा सरिक हुन गरेको छ ।