Connect with us
Kapilvast Forest

नेपाली राष्ट्रिय फुटबल टिम कतार प्रस्थान

२०७८, २५ भाद्र शुक्रबारमा प्रकाशित

काठमाडौं– नेपाली राष्ट्रिय फुटबल टिम आज शुक्रबार कतार प्रस्थान गरेको छ। माल्दिभ्समा अक्टोबर १ बाट हुने साफ च्याम्पियनसिपको तयारीका लागि नेपाली फुटबल टिम कतार प्रस्थान गरेको हो।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले हिजो बिहीबार नै सबै खेलाडीहरुको बिदाइ गरिसकेको छ। र, आज कप्तान किरण कुमार लिम्बू, व्यवस्थापक मधुसुधन उपाध्यायलगायतको नेपाली टिम कतारको राजधानी दोहा प्रस्थान गरेको हो।

यता राष्ट्रिय टिमको मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी भने तीन दिनअघि नै कतार पुगेका छन्। अब नेपालले कतारमा आज प्रशिक्षकसँग भेट गर्नेछ। त्यहाँको अभ्यासको सबै खर्च कतारले नै बेहोर्ने भएको छ।

नेपाली टिमले कतारमा त्यहाँको एक क्लबसँग मैत्रीपूर्ण खेल्न सक्ने प्रशिक्षकले बताएका थिए। नेपालले कतार प्रस्थान गर्नुअघि घरेलु मैदानमा छिमेकी प्रतिद्वन्दी भारतसँग दुई खेल खेलिसकेको छ। भारतसँगको पहिलो खेलमा नेपालले १–१ गोलको बराबरी खेलेको थियो भने दोस्रो खेलमा २–१ गोलको हार बेहोरेको थियो।

कतारले नेपालसँगै श्रीलंकालाई पनि १६ दिनको अभ्यासका लागि अनुमति दिएको छ। कतार भ्रमणमा टोलीका डिफेन्डर रोहित चन्द उपलब्ध हुने छैनन्। उनी इन्डोनेसियाको लिग वान खेल्न व्यस्त छन्। उनी साफ अगाडि टोलीमा जोडिनेछन्। अन्य खेलाडी भने भारतविरुद्ध मैत्रीपूर्ण खेलेका खेलाडी नै हुनेछन्।

कतार भ्रमणबाट नेपाली टोली २७ सेप्टेम्बरमा माल्दिभ्स पुग्नेछ। नेपालले पहिलो खेल अक्टोबर १ मा आयोजक माल्दिभ्सँग खेल्नेछ। माल्दिभ्स साफ च्याम्पियनसिपको साविक विजेता पनि हो। त्यस्तै, नेपालले दोस्रो खेल अक्टोबर चार मा श्रीलंकासँग खेल्ने। त्यस्तै, तेस्रो र चौथो खेल इन्डिया र बंगलादेशसँग अक्टोबर १० र १३ मा हुनेछ।

प्रकाशित: September 10, 2021 | 11:19:57 काठमाडौं, शुक्रबार, भदौ २५, २०७८
नेपाल समय
नेपाल समय
नेपाल समय
नेपाल समय

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu