Connect with us
Kapilvast Forest

कप्तान मल्ल ४५ रनमा आउट, नेपालले तेस्रो विकेट गुमायो

२०७८, २५ भाद्र शुक्रबारमा प्रकाशित

 

काठमाडौँ– नेपालले पपुवा न्यूगिनी (पीएनजी)विरुद्धको दोस्रो एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सुस्त ब्याटिङ गरेको छ ।

ओमानमा भइरहेको डे नाइट खेलमा नेपालले पहिला ब्याटिङ गर्दा सुरुमै विकेट गुमाउन पुग्यो । ६ रनमा ओपनर कुशल भुर्तेललाई गुमाएको नेपालले अर्का ओपनर आरिफ शेखलाई ९ को स्कोरमा गुमायो ।

त्यसपछि नेपाललाई कप्तान ज्ञानेन्द्र मल्ल र रोहित पौडेलले उकासे । मल्ल अर्धशतक बनाउनबाट चुके । उनी ७० बलमा ४५ रन बनाएर आउट हुँदा नेपालको स्कोर ९८ रन थियो । मल्ल र रोहितबीच ८९ रनको साझेदारी भएको थियो ।
नेपालले यो समाचार तयार पार्दासम्म ३ विकेट गुमाए र २९ ओभरमा ११९ रन बनाएको छ ।

रोहित पौडेल ४१ रन बनाएर खेलिरहेका छन् । उनलाई बिनोद भण्डारीले साथ दिइरहेका छन् । नेपालले पहिलो खेल २ विकेटले जितेको थियो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu