Connect with us
Kapilvast Forest

उपाध्यक्ष फतिमा ढुक्क

२०७८, २६ भाद्र शनिबारमा प्रकाशित

काठमाडौं – अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)का उच्च अधिकारी नेपालको संसदबाट सम्झौता अनुमोदनका लागि उपयुक्त वातावण बनाउन दुई दिनदेखि लगातार सक्रिय भए पनि उनीहरूले सोचेअनुसारको वातावरण बनेको छैन ।

एमसीसी उपाध्यक्ष फतिमा सुमार नेतृत्वको टोलीले सो अनुमोदनका लागि राजनीतिक दौडधुप थाले पनि दलका नेताहरूबाट स्पष्ट जवाफ आउन नसक्दा उनीहरू आश्वस्त हुन सकेका छैनन् ।

नेपाल सरकारको प्रश्नको लिखित जवाफ दिएलगतै नेपाल भ्रमणमा आएकी उपाध्यक्ष फातिमाले दुई दिनदेखि नेताहरूसँग गम्भीर छलफल गरे पनि नेताहरू कार्यान्वयनका विषयमा भने मौन बसेका छन् । सत्तारूढ दल नेकपा माओवादी केन्द्र र समाजवादी पार्टी एमसीसी संशोधन नभई कार्यान्वयन नहुने अडानका रहिरहँदा एमसीसी उपाध्यक्ष फातिमाले संशोधन हुन नसक्ने जवाफ दिइसकेकाले कार्यान्वयनको विषय जटिल बनेको हो ।

एमाले अध्यक्ष ओलीबाट विश्वस्तता खोजेकी फातिमाले एमालेबाट विभाजित भई बनेको एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालसँग भेट गरिन् । सिंहदरबारमा भएको भेटमा समाजवादीका अध्यक्ष नेपालले पार्टी र गठबन्धन छलफलमा रहेको प्रतिक्रिया दिएका थिए । त्यस्तै जनता समाजवादी पार्टीका अध्यक्ष तथा संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईसँग उनीहरूबीच झन्डै ४५ मिनेट कुराकानी भएको थियो । त्यस क्रममा सुमारले सम्झौताका विवादित विषयबारे प्रस्ट पारेकी थिइन् । दुवै नेताले एमसीसीको विषयमा सकारात्मक जवाफ दिएका छन् ।राजधानी

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu