Connect with us
Kapilvast Forest

पेलेरै बजेट संशोधन, अब पेलेरै एमसीसी ?

२०७८, २६ भाद्र शनिबारमा प्रकाशित

काठमाडौं -अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की उपाध्यक्ष फातिमा सुमारको नेपालमा जारी राजनीतिक भेटघाटसँगै उक्त सहायता परियोजना अनुमोदनको संकेत देखिएका छन्। राजनीतिक दलहरूबीच एकमत हुन नसक्दा चार वर्षदेखि यो अड्किएको छ।
सुमारले शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेकी छन्। आउँदा आउँदै अघिल्लो दिन प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीलाई भेटेकी थिइन्। एमाले अध्यक्ष ओलीले एमसीसी पारित हुने÷नहुने सरकारको हातमा रहेको बताएका थिए। प्रधानमन्त्री देउवाले शुक्रबार सुमारसँग भने, ‘एमसीसी कम्प्याक्ट अगाडि बढाउन मैले राजनीतिक स्तरमा छलफल जारी राखेको छु।’

यसअघि प्रधानमन्त्रीले कांग्रेस संसदीय दलको बैठकमा एमसीसी सहायता परियोजना भएकाले पारित गर्नुपर्ने धारणा राखेका थिए। एमाले अध्यक्ष ओलीले पनि सुमारसँग आफूहरूले विगतमा पारित गराउने इमानदार प्रयास गरेको अवगत गराएका थिए। यसले दुवै ठूला दलका प्रमुख नेताले एमसीसी अनुमोदन गराउन चाहेको देखाउँछ।

उपाध्यक्ष फातिमा प्रधानमन्त्री देउवालाई भेट्न शुक्रबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा पुगेकी थिइन्। भेटका क्रममा उनीहरूले एमसीसी र नेपालको आर्थिक रूपान्तरणका सम्भावनाहरूबारे छलफल गरेका थिए। प्रधानमन्त्री देउवाले भेटपछि ट्वीट गर्दै लेखेका छन्, ‘आज एमसीसी उपाध्यक्ष फातिमा सुमारलाई भेट्न पाउँदा खुसी लाग्यो। हामीले एमसीसी कम्प्याक्ट र नेपालको आर्थिक रूपान्तरणका सम्भावनाहरूसहित नेपाल–अमेरिका सहयोगबारे विचार आदानप्रदान गरेका छौं।’ भेटमा उपाध्यक्ष फातिमाले एमसीसी संसदबाट अनुमोदन हुनेमा विश्वस्त रहेको प्रतिक्रिया दिएकी थिइन्। प्रधानमन्त्री देउवा र एमसीसी उपाध्यक्ष फातिमाबीचको भेटबारे अर्थ मन्त्रालयले साँझ विज्ञप्ति जारी गरेको हो।

‘भेटका अवसरमा एमसीसीबाट नेपालको आर्थिक विकासमा हुन सक्ने सहयोगलगायत विषयमा छलफल भयो। सो अवसरमा प्रधानमन्त्री देउवाले सरकार र एमसीसीबीच २०१७ मा सम्पन्न अनुदानसम्बन्धी कम्प्याक्ट अगाडि बढाउन आफूले राजनीतिक स्तरमा छलफल जारी राखेको बताउनुभयो। साथै एमसीसीका उपाध्यक्ष सुमारले उक्त कम्प्याक्ट संसदबाट छिटो अनुमोदन हुने विश्वास व्यक्त गर्दै एमसीसीले नेपालका आर्थिक विकासका लागि महŒवपूर्ण योगदान विश्वास व्यक्त गर्नुभयो,’ अर्थ मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu