Connect with us
Kapilvast Forest

विजयनगर: जसपा नेपालको पहिलो चरण बैठक सम्पन्न

२०७८, २७ भाद्र आईतवारमा प्रकाशित

न्युज सेन्टर नेपाल चन्द्रौटा-कपिलवस्तु जिल्लाको विजयनगरमा जसपाको जिल्ला स्तरीय अभिमुखीकरण  अभियान कार्यक्रम सम्पन्न भएको छ ।
विजयनगर गाउँपालिकाका जसपा पार्टी अध्यक्ष सन्तराम तेलीको अध्यक्षता , केन्द्रीय अनुशासन बिभाग प्रमुख नर सिंह चौधरी ,जसापा नेपालको राज कुमार चौधरी जनता समाजबादी पार्टीको जिल्ला उपाध्यक्ष राम निवास पुरी आतिथ्यतामा भएको कार्यक्रम
विजयनगर –२ मगरघट्टामा सम्पन्न भएको हो ।

 

कार्यक्रममा जसपा नेपाल पार्टीको सुदृढीकरण , पार्टीलाई बलियो बनाउन अगामी दिनको भावी रणनीति र गाउँपालिकामा पार्टी प्रति विश्वास तथा मजबुत गर्न विशेष छ्लफल भएको जनता समाजवादी उपाध्यक्ष राम निवास पुरीले बताउनु भएको छ ।

बैठकमा आगामी २ गते जिल्ला समायोजन लगत्तै गाउँपालिका समायोजन गर्ने साथै विजयनगरमा पार्टी विस्तार गर्नुको साथै सदस्यता नवीकरण गर्ने कार्य रहेको बताएको छ ।

गाउँपालिकाका कार्यकर्ता सहितको बैठक रहेको बताएको छ ।विजयनगर गाउँपालिकाको जसपा नेपाल सचिव अशोक जैसवालको संचालन तथा मुजम्मिल हुसेनको स्वागत मन्तव्यमा कार्यक्रम सम्पन्न भएको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj