Connect with us
Kapilvast Forest

शिवराज: जसपा नेपालको पहिलो चरण बैठक सम्पन्न

२०७८, २७ भाद्र आईतवारमा प्रकाशित

न्युज सेन्टर नेपाल चन्द्रौटा-कपिलवस्तु जिल्लाको शिवराज नगरपालिकामा जसपाको नगर स्तरीय अभिमुखीकरण अभियान कार्यक्रम सम्पन्न भएको छ ।शिवराज नगरपालिका जसपा पार्टी अध्यक्ष कृष्ण कुमार चौधरीको अध्यक्षता , जसपा केन्द्रीय सदस्य नारायन खनाल प्रमुख आतिथ्यतामा भएको कार्यक्रम
शिवराज ५ चन्द्रौटामा सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहनुभएका जसपा केन्द्रीय सदस्य नारायन खनालले देशको वर्तमान राजनीतिक अवस्था पार्टी संगठन विस्तारको बारेमा आफ्ना भनाइ राख्दै पाटीलाई मजबूत बनाउन पार्टी कार्यकर्तालाई आग्रह गर्नुभयो ।

 

उक्त कार्यक्रममा सम्बोधन गर्दै लुम्बिनी प्रदेश योजना आयोगका सदस्य शिवपुजन यादवले पार्टीलाई मजबुत बनाउनुपर्नेमा जोड दिनुभयो ।कार्यक्रममा जसपा नेपाल पार्टीको सुदृढीकरण , पार्टीलाई बलियो बनाउन अगामी दिनको भावी रणनीति र नगरमा पार्टी प्रति विश्वास तथा मजबुत गर्न विशेष छ्लफल गरेर अगाडी बढने जनता समाजवादी पार्टी शिवराज नगर अध्यक्ष कृष्ण कुमार चौधरीले बताउनुभयो ।

कार्यक्रमा बोल्दै जसपका युवा नेता रहिस शाहले कपिलवस्तुको १०वटै स्थानीय तहमा सुरु भएको संगठन बिस्तार,सुदृढीकरण,जनजागरण अभियान कार्यक्रम सकै कार्यक्रतालाइ सकृय भएर जुट्न आवहान गर्नु भयो ।त्यस्तै कार्यक्रममा बोल्दै ज सपा नेता मेनाज खानले पार्टी संगठन विस्तरको लागि आफु टोल टोलबाटै जुटेर अगाडि बढने बताउनु भयो ।