प्रमुख भन्सार विन्दुहरूमा यथाशीघ्र भेइकल स्क्यानर जडान गर्न अर्थ मन्त्री शर्माको निर्देशन
काठमाडौं – अर्थ मन्त्री जनार्दन शर्माले प्रमुख भन्सार विन्दुहरूमा यथाशीघ्र भेइकल स्क्यानर जडान गर्न निर्देशन दिनुभएको छ ।भन्सार विभागले आयोजना गरेको दुई दिने भन्सार व्यवस्थापन गोष्ठीलाई आज आइतवार सम्बोधन गर्दै मन्त्री शर्माले भेइकल स्क्यानर जडानको प्रक्रिया तत्काल अघि बढाउन निर्देशन दिनुभएको हो ।
भेइकल स्क्यानर जडान भएपछि भन्सार विन्दुमा आउजाउ गर्ने सवारी साधनमा लोड भएका मालवस्तु जाँच गर्नुपर्दैन ।उहाँले मालवस्तुको वर्गिकरण र मूल्याङ्कनमा इमान्दारिता कायम गरी राजश्व संकलन बृद्धि गर्न कर्मचारीहरुलाई आग्रह गर्नुभयो ।
कार्यक्रमम भन्सार विभागका महानिर्देशक नारायणप्रसाद सापकोटाले लक्ष्यअनुसारको राजस्व सङ्कलन गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले सदाचारलाई शिरमा तथा देशको हितलाई छातीमा राखेर काम गर्न मातहतका कार्यालय प्रमुख तथा कर्मचारीहरूलाई निर्देशन दिनुभयो ।