एमसीसी सम्झौता पारित हुन ढिलो भइसक्यो :उपाध्यक्ष सुमार
काठमाडौं-अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की उपाध्यक्ष फतिमा सुमारले एमसीसी सम्झौता नेपालको संसदबाट अनुमोदन हुन ढिलो भइसकेको बताउनु भएको छ ।आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उहाँले दुई वर्षअघि नै पारित भइसक्नुपर्ने सम्झौता अझै पारित नहुँदा ढिलो भइसकेको बताउनु भयो ।
उहाँले एमसीसी सम्झौताका विषयमा नेपालको संसदले छिटो निकास दिनुपर्ने पनि बताउनु भएको छ । उपाध्यक्ष सुमारले अब नेपालको संसदबाट एमसीसी सम्झौता पारित हुने आशा पनि ब्यक्त गर्नु भयो ।
एमसीसी सम्झौता पारितका लागि पहल गर्न सुमार गत विहीबार काठमाडौं आउनु भएको थियो । उहाँले प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्रीहरु केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, डा। बाबुराम भट्टराई, मन्त्रीहरु जनार्दन शर्मा, पम्फा भुसाल लगायतसँग भेट गर्नु भएको थियो ।
नेपालमा विद्युत प्रशारण लाइन र सडक निर्माणसँग सम्बन्धित ५० मिलियन अमेरिकी डलर राशीको अनुदानका लागि अमेरिकासँग एमसीसी सम्झौता भएको थियो । तर उक्त सम्झौता संसदबाट पारित नहुँदा काम सुरु हुन सकेको छैन ।