‘चिना टिप्पन’ मा तेरिया मगर÷छाँयाकनको तयारीमा
काठमाडौं- कोरोना भाइरस संक्रमणको जोखिम कम हुदैगर्दा नेपाली म्यूजिक भिडियोको क्षेत्र थप तंरिदै गएको छ । स्टार कलाकारलाई लिएर पछिल्लो सयम नेपालमा म्यूजिक भिडियो बन्नेक्रम जारी छ ।
पहिलो पटक म्यूजिक भिडियोमा डेब्यू गर्दै गरेका निर्माताद्वय दिनेश दर्शनधारी तथा यशोदा राईका पुत्र देल्बिस दर्शनधारी र राज रोहन तुम्बाहाम्फेसंग भारतिय स्टार तेरिया मगर देखिने भएकी छन् । भारतीय रियालिटी शो झलक दिखला जा सिजन—९ र डिआइडी लिटल च्याम्स विजेता नेपालकी तेरिया अभिनित म्यूजिक भिडियोको छाँयाकन केहि दिनमा सुरु हुने निर्देशक दिनेश सापकोटाले बताए ।
तेरियाको व्यस्तताले केहिदिनमा काठमाडौंमा आउने तयारी भएको निर्देशन सापकोटाको भनाई छ । चर्चित गायक विश्व नेपाली र गायिका अस्मिता परियारको स्वरमा रहेको ‘चिना टिप्पन’ बोलको गीतमा तेरिया संगै पछिल्लो पुस्ताकी चर्चित नायिका साम्राज्ञी राज्य लक्ष्मी शाहपनि देखिदैछिन ।
भिडियोमा साम्राज्ञी र तेरियाको जोडिकारुपमा देल्बिस दर्शनधारी र राज रोहन तुम्बाहाम्फेको जोडी देखिने छ । ट्री मिडियाको प्रस्तुति रहेको म्युजिक भिडियोको लागत उच्च रहेको निर्माण पक्षले जनाएको छ । कोरोना भाइरस सत्रंmमणले थलिएको यस क्षेत्रको विकासका लागि कलाकार र निर्माण टिमकालागि केहि फरक गरेको निर्माण पक्षको दावी छ ।
डिपी खनालको शब्द, शंकर थापा स्माइलको संगीतमा रहेको गीतको संगीत संयोजन उदय राज पौडेलले गरेका छन् । गीतको भिडियोको छायाँकन काठमाडौँका विभिन्न स्थानमा गरिने निर्देशक सापकोटाले बताए । भिडियोलाई ट्री मिडियाको अफिसियल यु—ट्युब च्यानल मार्फत सार्वजनिक गरिने निर्माण पक्षले जनाएको छ ।