Connect with us
Kapilvast Forest

अमेरिकाविरुद्ध सन्दीप र विक्रमले लिए विकेट

२०७८, २८ भाद्र सोमबारमा प्रकाशित

सन्दीप लामिछाने लङ्का प्रिमियर लिगको छनोट प्रक्रियामा

काठमाडौं -ओमानको अल अमिरत क्रिकेट रंगशालामा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरिरहेको अमेरिकाको नेपालले २ विकेट लिएको छ।नेपालका लागि विक्रम शोव र सन्दीप लामिछानेले एक एक विकेट लिएका छन्।

विक्रमले स्टेभिन टेलरलाई १४ रनमा कुशल भुर्तेलबाट क्याच गराए। सन्दीपले सुशान्त मोदानीलाई १६ रनमा एलबिडब्लूको धरापमा पारे।अमेरिकाले १३ ओभरको समाप्तीमा २ विकेट गुमाएर ६१ रन जोडेको छ।सिरिजमा नेपालले ओमान र अमेरिकासँग दुई-दुई खेल खेल्नेछ।

सिरिजको पछिल्ला दुई खेलमा नेपालले अमेरिकालाई हराएको थियो। सन् २०२० को फेब्रुअरीमा नेपालमा भएको सिरिजमा नेपालले अमेरिकालाई ३५ रन र ८ विकेटले पराजित गरेको थियो।सिरिजअघि नेपालले पपुवा न्युगिनीसँग दुई खेलको एकदिवसीय सिरिज खेलेको थियो। नेपाल दुवै खेलमा विजयी भएको थियो।

विश्वकप लिग–२ मा नेपालसहित पपुवा न्यूगिनी, ओमान, अमेरिका, स्कटल्याण्ड, नामिबिया र युनाइटेड अरब इमिरेटस् (युएई) रहेका छन्।नेपालले हालसम्म ओमान र अमेरिकासँग दुई-दुई खेल खेलिसकेको छ। नेपाल चार अंक जोड्दै अंक तालिकाको छैटौं स्थानमा छ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu