Connect with us
Kapilvast Forest

संविधान दिवस मनाउन आग्रह

२०७८, २ आश्विन शनिबारमा प्रकाशित

 

 

काठमाडौँ-नेपालको संविधान जारी भएको छ वर्ष पुगेर सातौँ वर्ष लागेको अवसरमा सरकारले संविधान दिवस (राष्ट्रिय दिवस) तीन दिनसम्म विभिन्न कार्यक्रमका साथ मनाउन आग्रह गरेको छ ।

२०७२ साल असोज ३ गते संविधान सभाबाट सङ्घीयतासहितको ‘नेपालको संविधान’ जारी भएको थियो । सोही दिनलाई राष्ट्रिय पर्वका रूपमा मानेर हरेक वर्ष संविधान दिवस तीन दिनसम्म देशभर हर्षोल्लासपूर्वक मनाउने गरिन्छ ।

सरकारले असोज २, ३ र ४ गते विभिन्न कार्यक्रमका साथ संविधान दिवस भव्य रूपमा मनाउन आग्रह गरेको हो । संविधान दिवस मनाउनका लागि प्रधानमन्त्री शेरबहादुर देउवाको संयोजकत्वमा सातौँ संविधान दिवस मूल समारोह आयोजक समिति गठन भएको छ । तीन दिन देशभरि र विदेशस्थित नेपाली कूूटनीतिक नियोग तथा निकायमा विभिन्न कार्यक्रमका साथ मनाउने निर्णय गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका नेपालभित्र र विदेशस्थित नेपाली दूतावास तथा नियोगहरूमा दीपावली गरेर हर्षोल्लासपूर्वक दिवस मनाइने छ ।

संविधान दिवस मनाउने प्रयोजनका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव एवं संविधान दिवस प्रचारप्रसार समितिका संयोजक डा. वैकुण्ठ अर्यालको अध्यक्षतामा बुधबार बसेको बैठकले नेपालको संविधानका विषयमा केन्द्रित रही विशेष संवाद, परिसंवादलगायतका जनचेतनामूूलक कार्यक्रमको प्रकाशन र प्रसारण गर्ने व्यवस्था मिलाउन सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।

राष्ट्रिय स्तरका पत्रपत्रिकाहरूमा संविधान दिवसका अवसरमा विशेषाङ्क÷स्मारिका प्रकाशन गर्नुका साथै संविधानको बहुआयामिक आयामलाई उजागर गर्ने विभिन्न लेख रचनाको सँगालो प्रकाशन गरिने छ ।

नेपाल टेलिभिजन, रेडियो नेपाल एवं सामुदायिक तथा निजी क्षेत्रका अन्य सञ्चार माध्यमबाट संविधानको महŒवका बारेमा कार्यक्रम प्रकाशन/ प्रसारण गराइने भएको छ । संविधान दिवसका दिन नेपालको राष्ट्रिय झण्डा आआफ्ना घरमा सम्मानका साथ राख्न अनुरोध गरिएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu