कपिलवस्तुको शिवराजमा बस दुर्घटना, १८ जना घाइते
चन्द्रौटा -कपिलवस्तुकाे बनकसवासामा यात्रुवाहक बस पल्टिँदा १८ यात्रु घाइते भएका छन्। काठमाडौबाट यात्रु लिएर रुकुम हिडेकाे बस कपिलवस्तुकाे चन्द्राैटा नजिक उक्त दुर्घटना भएकाे हाे।
ना ८ ख २९६ न.को बस आफै अनियन्त्रित भई सडकको बायाँ साईडमा पल्टिएकाे थियोे जाँदा उक्त बसमा सवार ३१ जना यात्रु मध्ये १८ जना घाईते भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। दुर्घटनामा सम्लग्न बसका चालक फरार रहेकाेले उनकाे खाेजी भईरहेकाे र घाइते हरुकाे चन्द्राैटा स्थित सन्जिवनी सामुदायिक अस्पतालमा उपचार भईरहेकाे प्रहरीले जनाएको छ।