Connect with us
Kapilvast Forest

गुल्मीमा सेतो पुतलीको प्रकोपका बिरामी भेटिए

२०७८, २ आश्विन शनिबारमा प्रकाशित

 

गुल्मी- बर्षायाम सकिन लाग्दै गर्दा गुल्मीमा सेतो पुतलीको प्रकोप बढ्दै गएको छ। सेतो पुतलीको प्रकोपका कारण सापु रोगका बिरामी बढ्न थालेको आँखा उपचार केन्द्र गुल्मीका नेत्र अधिकृत सुर्यबहादुर बस्नेतले जानकारी दिनु भयो ।

उहाँका अनुसार प्रकोपका कारण आँखामा जटिल समस्या देखिएका चार जना बिरामीलाई भैरहवास्थित श्री रण अम्बिका शाह आँखा अस्पतालमा रिफर गरिएको छ। बस्नेतले मालिका गाउँपालिकाका एक जना, गुल्मी दरबार गाउँपालिकाका एक जना र मुसिकोट नगरपालिकाका दुई जना बिरामी रिफर गरिएको जानकारी दिनु भयो । हाल बिरामीको समस्यामा सुधार भएको बस्नेतले बताउनु भयो ।

यस रोगबाट बच्न पुतलीबाट टाढा रहने, बालबालिकालाई जोगाउने,कोठाभित्र बत्ती बाल्दा ढोका भ्याल बन्द गरेर बाल्ने,सकभर समयमै खाना खाएर सुत्न बस्नेतले सुझाव दिनु भयो । आँखामा समस्या आउनसाथ तत्कालै जाँच गराउन समेत उहाँले आग्रह गर्नु भयो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj