Connect with us
Kapilvast Forest

कानमा लगाएको सुन लुट्न हजुर आमाको हत्या

२०७८, २ आश्विन शनिबारमा प्रकाशित

छोराको हत्या गरेको अरोपमा ११ वर्षपछि बुवा पक्राउ

बझाङ-कानमा लगाएको सुनका लागि बझाङमा ८५ वर्षीया वृद्धाको हत्या भएको छ। जिल्लाको दुर्गाथली गाउँपालिका–५ घर भएकी रिखीदेवी जप्रेलको हत्या भएको छ।हत्या आरोपमा उहाँको नाति २३ वर्षीय सुवास जप्रेललाई पक्राउ गरेको छ । नाति सुवासले गत भदौ २७ गते बिहान ९ बजेको समयमा हँसिया प्रहार गरी हजुरआमा रिखीदेवीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी रूपक खड्काले जानकारी दिनु भयो ।

डिएसपी खड्काका अनुसार हत्यापश्चात् उनको कानमा रहेको सुनको दुईवटा मुन्द्रा र नाकमा रहेको एउटा मुन्द्री लगी सोही दिन बिक्री गरेको खुलेको छ । सुवासले सोही दिन साँझ ७ बजेको समयमा पुनः घटनास्थलमा गई लासलाई खाडलमा पुरेको बयान दिएको उहाँले जानकारी दिनु भयो ।

घटनापछि निजलाई भाग्दै गरेको अवस्थामा प्रहरीले बझाङ दुर्गाथली गाउँपालिका–७ को लौवादेव डाँडाबाट पक्राउ गरेको छ। निजविरुद्ध कर्तव्य ज्यान मुद्दामा अदालतबाट सात दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu