Connect with us
Kapilvast Forest

सत्ता गठबन्धन दल जसपाले संविधान दिवसमा भाग नलिने

२०७८, २ आश्विन शनिबारमा प्रकाशित

काठमाडौं -काठमाण्डाै सत्ता गठबन्धन दल जनता समाजवादी पार्टी (जसपा) नेपालले संविधान दिवसमा भाग नलिने भएको छ ।जनआन्दोलन तथा मधेश आन्दोलनका बेलामा सरकारसँग भएका सम्झौता, अन्तरिम संविधानका प्रावधान तथा पहिलो संविधान सभामा सर्वसम्मत भएका विषयलाई उपेक्षा गरी नेपालको संविधान २०७२ जारी भएको भन्दै जसपाले दिवसका अवसरमा सरकारले गर्ने कार्यक्रममा भाग नलिने निर्णय गरेको हो ।

अध्यक्ष उपेन्द्र यादवले आज शनिवार विज्ञप्ति निकालेर मधेशी, आदिवासी जनजाति, थारु, मुस्लिम, अल्पसङ्ख्यक समुदायका मागलाई संविधानले सम्बोधन गर्न नसकेको भन्दै सच्चाउन दबाबका लागि भोलि आइतवार असोज ३ गते विभिन्न अन्तरक्रियाका कार्यक्रम गर्ने बताउनुभएको छ ।

जसपाबाट विभाजित लोकतान्त्रिक समाजवादी पार्टी लोसपा) ले भने संविधान दिवसलाई कालो दिनका रूपमा मनाउने भएको छ । आजदेखि तीन दिनसम्म सातौँ संविधान दिवस मनाइँदैछ ।

२०७२ साल असोज ३ गते संविधान सभाबाट सङ्घीयतासहितको ‘नेपालको संविधान’ जारी भएको थियो । संविधान दिवसका दिन राष्ट्रिय झण्डा घर घरमा सम्मानका साथ राख्न सरकारले अनुरोध गरेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu