मुक्ति समाजको वडा भेला सम्पन्न , बि. क को अध्यक्षतामा १९ सदस्यीय नयाँ कमिटी गठन
कपिलवस्तु -नेपाल उत्पीडित जातिय मुक्ति समाज शिवराज नगरपालिका वडा नम्बर १ को वडा भेला सम्पन्न भएको छ । शिवराज नगरपालिका वडा नं. १ बेलौतीमा सम्पन्न भेलाबाट केशर बि. कको अध्यक्षतमा १९ सदस्य नेपाल उत्पीडित जातीय मुक्ति समाज वडा कमिटि गठन गरेको छ । भेलाबाट कमिटि उपाध्यक्षमा मनिसा सुनार, सचीव शुभम सुनार रहेको १९ सदस्यीय वडा कमिटी गठन भएको छ ।
सम्पुर्ण उत्पीडित दलित एक हौ भन्ने मुल नारा सहित भएको भेलामा प्रमुख अतिथि नेपाल जातीय उत्पीडित जातीय मुक्ति समाजका केन्द्रिय सचिवालय सदस्य तथा मुक्ति समाज लुम्बिनी प्रदेश सचिव सि. बी. गहतराजले युगौ देखि दलित र उत्पीडितवर्गहरु जातीय बिभेदमा पर्दै आएकाले अब जातीय र वर्गीय मुक्तिका लागि नेपाल उत्पीडित जातीय मुक्ति समाजमा गोलवद्ध भएर जातीय र वर्गीय विभेद अन्त्य गर्ने आन्दोलनमा गोलवद्ध हुनुपर्ने बताउनुभयो ।
समाजमा रहेको रुढीवादी प्रम्परा जातीय छुवाछुतको अन्तका लागि सधैब आवाज उठाउने पाटि नेकपा ऐमाले भएको हुदा सबै दलित समुदायका मानिस गोलबद्ध भएर स्थानीय सरकार देखि प्रदेश, केन्द्र सरकार सम्म एमाले विजयी बनाउनुपर्नेमा मुक्ति समाज लुम्बनी प्रदेश सचिव गहतराजले जोड दिनुभयो । दलित र उत्पीडित वर्ग मुलुकका हरेक आन्दोलनमा प्रयोग हुने र आन्दोलन सफल भए पश्चात उपेक्षामा पर्नेगरेकोमा जातीय र वर्गीय विभेदको अन्त्य बिना मुलुक समृद्ध हुन नसक्ने उँहाले बताउनुभयो ।
त्यस्तै कार्यक्रममा शिवराज नगरपालिका उपप्रमुख शिवकुमारी चौधरीले राज्यले कानुन बनाएर छुवाछुतको अन्त्यको प्रक्रिया थालेपनि सामाजिक हिसाबले समस्या कायम रहेको बताउदै यसको अन्त्य अनिवार्य रहेको बताउनुभयो ।
कार्यक्रममा बोल्ने वक्ताले छुवाछुतको प्रथा बिरासतका रुपमा चलिआएको प्रथा भएकाले दलित र गैर दलितले संयुक्त अभियानका रुपमा विभेदको अन्त्यका लागि लाग्नुपर्नेमा जोड दिनुभएको थियो । मान्छे शिक्षीत भयो भने विभेदहरु कम हुदै जाने बताउदै सामाजिक अन्धविश्वास, रुढिवादी प्रम्परालाई हटाउने भनेको शिक्षाको ज्योति भएकोले सबैले अनिवार्य छोराछोरीहरुलाई पढाउनु पर्ने बताउनु भएको थियो । कार्यक्रममा नेकपा एमालेका नेताहरु, द्रोण अधिकारी , विष्णु अधिकारी , जगतबहादुर घर्ती क्षेत्री, गङ्गा घर्तीमगर , महादेव पोख्रे , केशर बिक , प्रेम सुनार, लक्ष्मी हमाल, दुर्गा बहादुर बिक लगायतले समेत शुभकामना मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा नेपाल जातीय उत्पीडित जातीय मुक्ति समाजका केन्द्रिय सचिवालय सदस्य मुक्ति समाज लुम्बिनी प्रदेश सचिव सि. बी. गहतराजले प्रमुख आतिथ्यता रहेको कार्यक्रम नेपाल उत्पीडित जातीय मुक्ति समाजका नगर कमिटी सचिवालय सदस्य तथा वडा नम्बर १ का इन्चार्ज विष्णु बिकको अध्यक्षतामा सम्पन्न भएको हो ।