Connect with us
Kapilvast Forest

एमालेको नाम सुनेरै जनताले नाक खुम्च्याउने भइसके : माधव नेपाल

२०७८, ३ आश्विन आईतवारमा प्रकाशित

 पोखरा- अन्य प्रदेशको तुलनामा गण्डकीमा माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी कमजोर छ । संघीय सांसदमा कृष्णकुमार श्रेष्ठ ‘किसान’ एक्लै रहनु भएको छ भने प्रदेशसभामा यो दलको उपस्थिति शून्य छ । स्थानीय तहमा पनि निकै कम जनप्रतिनिधिले मात्र एमाले छाडेका छन् ।

पोखरा महानगरपालिका–६ सिर्जना चोकमा प्रदेश, जिल्ला र महानगरको संयुक्त कार्यालय उद्घाटनपछि कार्यकर्ता भेलालाई सम्बोधन गर्दै माधव नेपालले भन्नु भयो एमालेको नाम सुनेर जनताले नाक खुम्च्याउने अवस्था आइसकेको टिप्पणी गर्नु भएको छ ।