Connect with us
Kapilvast Forest

बुटवलका मेयरलाई मुक्का हान्ने विरुद्ध एमालेले मुद्दा नचलाउने

२०७८, ५ आश्विन मंगलवारमा प्रकाशित

रुपन्देही – बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीलाई मुक्का प्रहार गर्ने युवक विरुद्ध नेकपा एमालेले मुद्दा नचलाउने भएको छ ।एमाले बुटवल उपमहानगर कमिटीले आज आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष बाबुराम पन्थीले घटना दुःखद् र निन्दनीय भए पनि घटनामा व्यक्तिलाई एमालेले मुद्दा मामिला नगर्ने बताउनु भएको हो ।

घटनामा संलग्न भएको आरोपमा प्रहरीले अनेरास्ववियुका रुपन्देही जिल्ला सदस्य गणेश पङ्गेनीलाई पक्राउ गरिसकेको छ ।

इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक मदन कुँवरले पङ्गेनी पक्राउ परेको भए पनि उनी विरुद्ध मुद्दा जाहेरी अहिलेसम्म कसैले पनि नदिएको जानकारी दिनुभयो ।

‘घटना दुःखद् र निन्दनीय छ तर मुद्दा चलाउने पक्षमा हामी छैनौँ’ नगर कमिटी अध्यक्ष पन्थीले भन्नुभयो । घटना लगत्तै एमाले बुटवल र जिल्ला समितिले संलग्नलाई कारबाही गर्न माग गरेका थिए ।पहिरो निरीक्षणमा गएको बेला बुटवल-३ ज्योतिनगरमा हिजाे बिहान नगर प्रमुख सुवेदीमाथि पङ्गेनीले मुक्का प्रहार गरेका थिए । पङ्गेनी पहिरो प्रभावित हुन्।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu