Connect with us
Kapilvast Forest

देशको बहुमूल्य समय बर्बाद भयो: ओली

२०७८, ५ आश्विन मंगलवारमा प्रकाशित

काठमाडौँ — प्रधानमन्त्रीको शपथ लिएको ७० दिन पुगिसस्दा पनि मन्त्रिपरिषद् विस्तार नगरेर शेरबहादुर देउवाले मुलुकको बहुमूल्य समय बर्बाद गरेको प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीले आलोचना गर्र्नु भएको छ ।

मदन भण्डारीको जीवनमा आधारित पुस्तक विमोचन कार्यक्रमलाई मंगलबार सम्बोधन गर्दै ओलीले भन्नु भयो यो शेरबहादुरजीले नेतृत्व गर्नुभएको सरकार हो । यसमा रंगीविरंगी मान्छेहरू छन् । अझै कोसिस गर्दै हुनुहुन्छ रंगिविरंगी बनाउने । उहाँहरूको रेकर्ड त ६६ सम्मको छ । उहाँहरूले पायो भने त, तर अहिले संविधानले दिँदैन २५ मा सीमित हुनुपर्छ । २५ मा सीमित हुन उहाँहरूलाई सजिलो भइरहेको छैन ओलीले भनेन्नु भयो कार्यकाल सवा वर्षको छ त्यसको २० प्रतिशत भाग गयो । खाली चिन्ता देशको बहुमूल्य समय बर्बाद भयो, दुरुयपयोग भयो भन्ने हो ।

ओलीले न्यायाधीश, वकिल र पत्रकारहरूलाई पदक दिएर आफ्नो विरुद्धमा बोल्नबाट रोक लगाएको आरोप लगाउनु भयो । संविधान दिवसको दिन ९०३ जनालाई पदक दिएको भन्दै उहाँले रत्नपार्कमा बसेर पदक वितरण गरेजस्तो भएको बताउनु भयो ।

आफ्नो कार्यकालमा त्यसरी पदक वितरण गरेको भए चर्को आलोचना हुने थियो भनेर पनि उहाँले बताउनु भयो ।एमाले नेतृत्वको सरकाले अगाडि सारेका १४ सय सडकका आयोजना रद्द गरेर सरकारले बहादुरी देखाएको भन्दै उहाँले कटाक्ष गर्नु भयो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu